उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरि करेन्ट चाउचाउ उत्पादन र विक्रिवितरण गर्न रोक लगाएको छ । यशोदा फुडसले वाईवाई चाउचाउको ट्रेडमार्क नक्कलगरि वाईवाई जस्तै देखिने ¥यापर प्रयोग गरि उपभोक्तालाई भ्रममा पार्ने काम गरेको भन्दै अदालतले त्यसमा रोक लगाएको हो । ट्रेडमार्क नक्कलको विरुद्ध सीजी फुड्स अदालत गएको थियो ।

उपभोक्तालाई झुक्याउने नियतले यशोदा फुड्सले वाईवाईको ट्रेडमार्क नक्कल गरेको सीसीको दाबी छ । अदालतको आदेशले वाईवाईको नक्कल गरि बजारमा पठाईएका चाउचाउ यशोदा फुड्सले फिर्ता गर्नुपर्ने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय