वागमती राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । राजधानीमा शुक्रवार आयोजक नेपाल रग्बी संघले पत्रकार सम्मेलन गरेर शनिवार र आईतवार हुने दुई दिने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । प्रतियोगिता भक्तपुरस्थित मध्यपुर युथ क्लवको खेल मैदानमा आयोजना हुनेछ । प्रतियोगितामा ७ महिला र ७ पुरुष गरी १४ टिमले सहभागिता जनाउने छन् ।

प्रतियोगितामासातवटा प्रदेशमध्ये कोशी प्रदेश, मधेस प्रदेश,वागमती प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेश गरी ५ प्रदेश र ३ वटा विभागिय टिम त्रिभुवन आर्मी क्लव, नेपाल पुलिस र नेपाल एपीएफ क्लव सहभागी हुनेछन् । प्रतियोगिताको विजेताले ५० हजार र उपविजेताले २५ हजार पाउनेछन् । प्रतियोगिताबाट नेपाल रग्वी संघले कतारमा संचालन हुन गइरहेको एसिया रग्वी सेभेन्स महिला तथा पुरुष प्रतियोगिता र चीनमा हुने एशियन गेम्स–२०२२ का लागि राष्ट्रिय महिला तथा पुरुष टिम छनोट गरिने संघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय