वाणिज्य बैंकहरुले मंसिर महिनाको लागि ब्याजदर घटाएका छन । कात्तिक महिनाको अन्तिम दिन अर्थात आज प्रकाशित वितरण अनुसार वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर घटाएका हुन । हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकहरुमध्ये १३ वाणिज्य बैंकहरुले मंसिर महिनाका लागि ब्याजदर घटाएका छन् । जसमध्ये सबैभन्दा धेरै ब्याजदर घटाउनेमा एनआईसी एशिया बैंक रहेको छ ।

एनआईसी एशियाले ब्याजदर १.२४३ प्रतिशतभन्दा घटाएर ९.७६ प्रतिशतमा झारेको छ। ६ वाणिज्य बैंकहरुले कात्तिक महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने माछापुच्छ्रे बैंकले ब्याजदर बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय