गत साउनमा पशुपतीमा कोटिहोम गरेर चर्चा र विवादमा आएका विजय कृष्णमुर्ति यति वेला पुनः चर्चामा छन् । पोखरामा कोटिहोम गर्ने तयारी स्वरुप रुख काटिए पछि उनी विवादको चुलिमा पुगेका हुन् । महानगले कोटीहोमका लागि स्विकृती नदिने बताएको छ । तर उनि पोखरामा कोटीहोम नगरी कुनै हालतमा पनि नफर्कने बताउछन् । पोखरामा आइतबार पत्रकार सम्मेलन गरेर धर्मगुरु विजय कृष्णमुर्तिले पोखरामा कोटीहोम यज्ञ गरेरै छाड्ने अभिव्यक्ति दिएका छन् । कोटीहोम र बर पिपलका रुख कटानपछि विवाद र चर्चामा आएको कोटीहोम यज्ञबारे पत्रकारसँग भेटेका विजयले पोखरामा कुनैपनि हालतमा कोटीहोम गर्ने बताए ।

उनले कोटिहोम गर्ने अठोठ मात्र गरेनन् अब कोटीहोम नगरी यहाँबाट कुनै हालतमा पनि नफर्कने धर्मको रक्षाकालागि अधर्म गर्न पनि तयार रहेको गम्भिर अभिब्यक्ती दिए । विजय कृष्णमुर्तिले संचालन गदै आएको मानव सेवा फाउण्डेसनले ‘श्रीगण्डकी शत (सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञ’ पोखराको लेकसाइड स्थिति क्याम्पिन चौरमा आयोजना गर्ने तयारीमा छ । उनले पोखरामा निर्धारित समयमै महायज्ञ हुने बताउँदै धर्म जोगाउन पनि कोटीहोम आवश्यक भएको प्रतिक्रिया दिए ।

कोटीहोम आयोजना गर्ने भनिएको क्याम्पिन चौरको जग्गा नेपाल ट्रष्टको हो । ट्रष्टले वैशाख १ गतेदेखि जेठ १५ गतेसम्म विराट ज्ञान महायज्ञ तथा कोटीहोमकालागि जग्गा उपलब्ध गराएपछि फाउण्डेशनले भाडास्वरुप ११ लाख ५९ हजार रुपैयाँ बुझाइसकेको छ भने उक्त रकमको करसमेत तिरिसकेको प्रमाणसमेत देखाइएको छ । तर, महानगरका मेयर धनराज आचार्यले कोटीहोम गर्न कुनैपनि हालतमा नदिने बताएका छन् । आचार्य उक्त स्थानमा कोटिहोम रोक्ने निर्णयबाट पछि नहट्ने भने पछि फाउण्डेसन र पोखरा महानगर आमनेसामने भएका छन् ।

महानगरपालिकाले नगर कार्यपालिकाको माघ २० गते बसेको ४२ औँ बैठकले मानव सेवा फाउण्डेसन नेपाललाई पोखराको लेकसाइडमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको भन्दै जग्गा भाडामा दिने नेपाल ट्रस्टको निर्णय समेत रद्ध गर्न लेखी पठाउने निर्णय गरेको छ । पोखरा पर्यटनसंग आवद्ध १६ वटा संघ संस्थाले पनि फेवा तालको किनारमा कोटिहोम नगर्न भन्दै विज्ञप्ती निकालेका छन् ।

चौताराका वर पिपल काटेर थुपारिएको दाउरा पोखरा महानगरले जफत गरेर राखेको छ । आयोजकले ५० ट्रकभन्दा बढी दाउरा लेकससाइडमा थुपारेको थियो । विवादित धर्मगुरु विजय कृष्णमूर्तिको कोटीहोम सुरु नहुँदै पोखरा तातेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय