काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले विद्यालयमा नजाने शिक्षक र कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिनुभएको छ । सामाजिक संचालनमार्फत मेयर साहले विद्यालयमा नियमित कक्षा संचालनमा बाधा पुर्याउने संस्था वा कर्मचारीलाई कारवाही गर्ने चेतावनी दिनुभएको हो ।

महानगरभित्रका विद्यालयमा शान्ति क्षेत्रको अवधारणा विरित हुने कुनै गतिविधि गर्न गराउन बन्देज गरिएको व्यहोरा उहाँले जानकारी गराउनु भयो । उहाँले शिक्षक वा कर्मचारी अनुपस्थित भएमा काठमाडौँ महानगरपालिकाको शिक्षा ऐनको दफा ४१(क) बमोजिम शिक्षक वा कर्मचारीलाई पदबाट हटाइने छ,’ भनि चेतावनी दिनुभएको छ । उहाँले यदी कुनै संस्थाले बल प्रयोग गर्न खोजेमा नेपाल प्रहरीको सहयोग लिई फौजदारी मुद्दा चलाइने पनि बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय