दसैँमा देशभित्र आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरूबाट उत्पादित झन्डै ५ सय मेगावाट विद्युत् खेर गइरहेको दावी गनर््े विद्युत प्राधिकरणले किन आफ्नो नागरिकलाई सित्तैमा वा सहुलीयतमा विद्युत दिदैन भन्ने प्रश्न जनमानसमा आउन थालेको छ । दसैँमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखानाहरू बन्द हुँदा र काठमाडौँमा चिसो सुरु भइनसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रुपमा विद्युत्को माग घटेको दावी प्राधिकरणले गरेको छ।



तर, बर्खा सकिएको र नदी तथा खोलानालामा सफा पानीको बहाव हुने हुँदा यो समयमा नेपाल विद्युत प्राधिकरण, यसका सहायक कम्पनी र निजी क्षेत्रका स्वामित्वका जलविद्युत आयोजनाबाट बिनाअवरोध विद्युत् उत्पादन भइरहेको छ। प्राधिकरण, यसका सहायक कम्पनी र निजी क्षेत्रका जलविद्युत आयोजनाबाट हाल दैनिक रुपमा करिब २ हजार २ सय मेगावाट विद्युत् उत्पादन भइरहेको छ। त्यसमध्ये करिब १ हजार मेगावाट देशभित्र खपत भइरहेको छ भने साढे ६ सयदेखि ७ सय मेगावाटसम्म विद्युत् भारततर्फ निर्यात भइरहेको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उत्पादित विद्युत् देशभित्र खपत गर्न नसक्दा र थप निर्यातका लागि भारतबाट स्वीकृति नपाउँदा अहिले दैनिक ५ सय मेगावाट हाराहारीमा विद्युत् खेर फाल्नुपर्ने बाध्यता भएको दावी गरिरहेका छन। विद्युत राजनीती गर्दै आएको प्राधिकरणले देशमा विद्युत खपत हुन नसकेको तर्क गरिरहदा नेपालमा विद्युतलाई अझ सहुलियत दरमा नेपालीलाई वितरण गरेको खण्डमा एलपी ग्यासको आयातमा कमी आउनुको साथसाथै उत्पादीत विद्युत नेपालमै खपतहुने निश्चीत छ तर नेपाल विद्युत प्राधिकरणले आफुलाई नाफामा देखाउन वा भनौ विद्युत विक्रिगर्न सफल भएको देखाउनमै केन्द्रित देखिन्छ । केहि समय अगाडीमात्र उर्जा मन्त्रीले दशै तिहारमा लोडसेडिङ नहुनेगरि विद्युत प्रभाव मिलाउन प्राधिकरणलाई निर्देशन दिएका थिए र तर त्यसको उल्टो देखिएको छ । विद्युत प्राधिकरणले विभिन्न समस्या देखाउदै एक घण्टाको अवधिमा ३,४ पटक विद्युत आउने जानेगरेका काठमाडौं छ ।
‘यता दसैँका कारण आन्तरिक रुपमा माग घटेको प्राधिकरणको रटान रहदै आएको छ, यही अवस्थालाई ध्यान दिएर यहाँ खपत गरी बचत भएको थप करिब ३ सय मेगावाट विद्युत्का निर्यात स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाएका थियौँ, तर अहिलेसम्म स्वीकृति पाउन नसक्दा फूलपातीको अघिल्लो दिनबाट दैनिक रुपमा करिब ५ सय मेगावाट स्वच्छ हरित विद्युत् खेर गइरहेको छ, ‘यसबाट दैनिक रुपमा करोडौँ रुपैयाँ गुमाइरहेका छौँ’, कार्यकारी निर्देशक घिसिङको रटान कायमै रहेको छ।



