नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरी विश्वका अर्बपतिहरुको सूचीमा १ सय १७ स्थान तल झरेका छन् । फोब्र्सको रियल टाइम बिलिनियर्स सूचीअनुसार चौधरी अहिले १ हजार ७ सय ६४औं स्थानमा रहेका छन् ।सन् २०२३ मा चौधरी अर्बपतिहरुको सूचीमा १ हजार छ सय ४७ औं स्थानमा थिए ।
तर, एकै वर्षमा उनको स्थान ११७ ले खस्किएको छ । चौधरीको सम्पत्ति पछिल्लो दुई वर्षमा स्थिर देखिएको छ । सन् २०२३ र २०२४ मा चौधरीको सम्पत्ति १.८ अर्ब अमेरिकी डलर रहेको छ । सन् २०२२ मा १.५ अर्ब सम्पत्ति अमेरिकी डलर रहेकोमा त्यसअघि सन् २०२० र २०२१ मा १.४ अर्ब रहेको थियो ।






