काठमाडौं । सुन तस्करी प्रकरणमा प्रहरीले अनावश्यक दुःख दिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका कर्मचारी आन्दोलित भएका छन् । प्रहरीले अनावश्यक पक्राउ र सोधपुछ गर्न थालेपछि उनीहरुले आज सांकेतिक विरोध स्वरुप तीन घण्टा पेन डाउन गर्ने भएका छन् ।
कर्मचारीहरुले मंगलबार र बुधबार कार्गो जाँचपासअन्तर्गत हुने सम्पूर्ण काम पनि बन्द गर्ने जनाएका छन् । मंगलबारसम्म माग सम्बोधन नभए यात्रु जाँचपास शाखाका काम समेत बन्द गर्ने कर्मचारीहरुले चेतावनी दिएका छन् । निर्दोष कर्मचारीहरुलाई धरपकड गर्ने र पक्राउ गरी हिरासतमा लिने लगायतका कार्य तत्काल रोक्नुपर्ने माग गरेका छन् ।






