काठमाडौं । नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले विवादास्पद व्यक्तिलाई गृहमन्त्रीमा नियुक्ती गरेकोमा प्रधानमन्त्रीको धारणा माग गर्नुभएको छ ।
प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सांसद पाण्डेले अनुसन्धानको दायरामा भएका व्यक्तिलाई गृहमन्त्री नियुक्त गर्दा सरकारप्रति गम्भीर नैतिक प्रश्न उठेको बताउनु भयो । उहाँले सहकारी पीडितहरु आन्दोलनमा उत्रिएको समयमा आरोपित व्यक्ति नै गृहमन्त्री हुँदा अनुसन्धान प्रभावित हुनसक्ने बताउनु भयो । उहाँ भन्नुहुन्छ, सहकारी पीडितले बचतको व्याजको कुरा छोडौं साँवा फिर्ता नपाउने सम्मको अवस्थामा पुगेको विषम पृष्ठभूमिमा अनुसन्धानको कमाण्डर गृहमन्त्री नै अनुसन्धानको दायरामा हुनुले अनुसन्धान नै प्रभावित हुने आशंका बढेको बताउनु भयो ।



पाण्डेले यदी गृहमन्त्रीको विषयमा प्रधानमन्त्रीले शीघै जवाफ नदिए नेपाली कांग्रेस संसदमा कठोर भएर प्रस्तुत हुने चेतावनी समेत दिनुभयो ।



