काठमाडौं । आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिका र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।
भारतमा जारी यी दुई टोलीबीचको खेल दिउँसो २ बजेर १५ मिनेटमा अहमदाबादमा सुरु हुनेछ । दक्षिण अफ्रिका यसअघि नै सेमीफाइनलमा स्थान बनाइसकेको छ भने अफगानिस्तान सेमीफाइनल प्रवेशको लागि झिनो आशासहित लडाइँ लड्दै छ ।



अफगानिस्तान ८ अंकसहित छैटौं स्थानमा छ भने सेमीफाइनलमा स्थान बनाउन दक्षिण अफ्रिकाविरुद्ध जित निकाल्दै कम्तीमा ४ सय ३८ रनको जित निकाल्नु पर्छ ।
भोलि सेमीफाइनलको अर्को प्रत्याशी टोली इङ्ल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।



