काठमाडौं । आईसीसी टी–२० विश्वकपको छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोलीको घोषणा गरिएको छ ।

रोहित पौडेलको नेतृत्वमा नेपाल क्रिकेट संघले नेपाली टोलीको घोषणा गरेको हो । टोलीमा सन्दीप लामिछाने, आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, अविनाश बोहरा, प्रतिश जीसी, करण केसी, विवेक यादव, विनोद भण्डारी र ललित राजवंशी रहेका छन्।

छनोट प्रतियोगिता कात्तिक १३ देखि १९ गतेसम्म काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

प्रतियोगितामा आठ टोलीले सहभागीता जनाउने छ । आठ टोलीलाई दुई समूहमा विभाजित गरिएको छ । नेपाल, मलेशिया, ओमन र सिंगापुर समूह ए मा रहेका छन् भने समूह बी मा बहराइन, कुवेत, हङकङ र यूएई छन् ।

नेपालले आफ्नो पहिलो खेल त्रिवि क्रिकेट मैदानमा सिंगापुरसँग खेल्ने छ । खेल बिहान ९ बजे हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय