काठमाडौं । वीरगञ्जको आदर्शनगर क्षेत्रमा रहेको एक गोदाममा छापामारीका क्रममा सशस्त्र प्रहरीमाथि आक्रमण भएको छ ।
अवैध कारोबारको आशंकामा गरिएको कारबाहीका क्रममा गोदामका व्यापारी पक्षबाट प्रहरीमाथि आक्रमण भएको जनाइएको छ । घटनामा कति क्षति वा घाइते भए भन्ने विवरण भने आउन बाँकी रहेको छ ।



घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ भने थप अनुसन्धान भइरहेको सम्बन्धित निकायले जनाएको छ ।




