वीरगन्ज- वीरगन्जमा सोमबार हिन्दुवादीहरुले प्रदर्शन गर्दै बजार बन्द गराएको छ। रौतहटको ईशनाथ नगरपालिकाको घिउडा गाँउमा सरस्वतीको मुर्ति सेलाउने विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायबिच पाँच दिनदेखी जारी विवादलाई लिएर वीरगन्जमा सोमबार हिन्दुवादीहरुले प्रदर्शन गर्दै बजार बन्द गराएका हुन् ।

यसैक्रममा बजार बन्द गराउँदै हिडेका हिन्दुवादी समुदायले मुस्लिम समुदायहरुलाई गाली गलौज गर्नुको साथै केहि मुस्लिम समुदायको पसल समेत तोडफोड गरिएको स्थानीय मुस्लिम समुदायले बताएकाछन् । त्यसैको विरुद्धमा मुस्लिम समाजले बिरगंज महानगरपालिका वडा न। २ छपकैयाको इदगाह चौकमा मुस्लिम समुदायले टायर बाली प्रदर्शन गरिएको थियोे र सोही क्रममा स्थानीय मुस्लिम समुदाय र प्रहरी बीच झडप भएको र उक्त झडपमा प्रहरीले तीन सेल आसु ग्यास प्रहार गरेको थियो ।

उक्त झडपमा ढुङ्गा मुण्डा समेत प्रहार भएको हुन्दा केहि प्रहरी कर्मचारी घाइते समेत भएको प्रहरीले जनाएको छ । प्रहरी बिच ठाँउ ठाँउमा झडप भएको छ ।यस्तै हिन्दुहरुले निकालेको विरोध जुलुशमा मुस्लिम समुदायका एक समुहले अवरोध गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेर स्थिति नियन्त्रणमा लिएको छ।

हिन्दुवादीहरुले जुलुश निकालेर बजार बन्द गराउँदै हिडेपछि समुह बनाएर मुख्य सडकमा आएका मुस्लिम समुदायको एक समुहले आदर्शनगर र महावीरस्थानमा हिन्दु धर्मको झण्डा च्यात्न थालेपछि स्थिति तनावपूर्ण बनेको भएपनि प्रहरीले हस्तक्षेप गरेर नियन्त्रणमा लिएको प्रहरी निरीक्षक मोहनविक्रम केसीले जानकारी दिए ।

यसै बीच जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिका सिमा क्षेत्रभित्र कफ्र्यू लगाएको जनाएको छ । प्रजिअ भुसालका अनुसार पूर्वमा नगवा चोक बारा जिल्ला सिमाना पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरीपुल भन्सार क्षेत्र भित्र कफ्र्यू जारी भएको बताए ।

कफ्र्यू आदेश जारी रहनुञ्जेलसम्मको अवधिमा कफ्र्यू आदेश जारी जारी गरिएको क्षेत्रभित्रकसैले आवतजावत गर्न, भेला हुन, बाहिर हिडडुँल गर्न, जुलुश प्रदर्शन गर्न, घेराउ ¥याली गर्न एवम् अन्य कुनै प्रकारका उच्छृङखल गतिविधि गर्न नपाउने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । कोही कसैले आदेशको पालना नगरे कानुन बमोजिम कडा कारवाही गरिने जिल्ला प्रशासन पर्साले सूचनामार्फत जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय