काठमाडौं । शहीद स्मारक प्रकृति प्रतिष्ठानले बागमती प्रदेश सरकारअन्तरगत रहेको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयलाई जवाफ पठाएको छ ।
मन्त्रालयले २०८०-११-१७ गते प्रतिष्ठानले गर्दैआएको कामको विषयमा दश दिनभित्र जानकारी गराउन पत्र पठाएको थियो । उद्योग पर्यटन तथा वातावरण समिति, बागमती प्रदेश सभामा फागुन १६ गते बसेको सभाको १२औं बैठकबाट भएका निर्णय कार्यान्वयनका लागि भन्दै शहीद स्मारक प्रकृति प्रतिष्ठानलाई पत्र काटेको थियो । मन्त्रालयले प्रतिष्ठानको नाममा काटेको पत्रमा त्रिभुवन पार्क, थानकोट भित्रको बहुमूल्य बोटविरुवा, जग्गा, स्थिर सम्पत्ति संरक्षण गर्न, अवैध रुपमा निर्णय भएको घरटहरा तत्काल हटाउन, शहीद स्मारक प्रकृति प्रतिष्ठान र विभिन्न फर्म-कम्पनीबीच भएको लिज र कथित सम्झौताहरुको कार्यान्वयन तत्काल खारेज गर्न भनिएको छ । प्रतिष्ठानले यो निर्णयको अवज्ञा गरेमा कानून बमोजिम कारवाही गरिने पनि चेतावनी दिएको थियो । मन्त्रालयले निर्णय कार्यान्वयनका लागि आवश्यक सहयोग तथा समन्वयनका लागि उद्योग पर्यटन तथा वातावरण समिति, बागमती प्रदेश सभा, मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय बागमती प्रदेश सभा हेटौंडा, महानगरीय प्रहरी परिसर टेकु, डिभिजन वन कार्यालय काठमाडौं, चन्द्रागिरि नगरकार्यपालिकाको कार्यालय बलम्बुलाई बोधार्थ पठाएको थियो ।




मन्त्रालयको सोही पत्रको प्रतिष्ठानले पाँच बुँदे जवाफ पठाएको हो । प्रतिष्ठानले मन्त्रालयलाई २०८०-११-२१ गते हुलाकबाट जवाफ पठाएको छ ।
यस्तो छ प्रतिष्ठानको जवाफ
१. बहुमूल्य बोट विरुवा ।
२. जग्गा, स्थिर सम्पत्ति संरक्षण गर्न ।
३. अवैध रुपमा निर्माण भएका घरटहरा ।
४. प्रतिष्ठान र फर्म कम्पनीबचि भएको सम्झौता ।
५. अतिक्रमण भएको जग्गाको संरक्षण ।





