


सरकारी आंगिक क्याम्पसमा अध्ययन गर्ने बिद्यार्थीले अहिलेसम्म सहुलियत रूपमा पढिरहेको इन्जिनियरिङ शिक्षामा सतप्रतिसत शुल्क बृद्वि गरेर सरकारले शिक्षालाई ब्यापारीकरण गर्न खोजेको भन्दै बिरोध गरेका छन ।
सरकारले हिजोको दिनमा ३ लाखमा दिदै आएको इन्जिनियरिङ शिक्षाको शुल्क अहिले ७ लाख पुर्याएर ब्यापार गर्ने खोजेको इन्जिनियरिङ भनेको देशको जनशक्ति भए हुदा यसलाई सरकारले सच्याउन माग गरेको बिद्यार्थी नरेन्द्र पटेलले बताए ।
इन्जिनियरिङ क्याम्पस थापाथली स्ववियु र बिद्यार्थीहरूको संयुक्त आयोजनामा राजधानीको मुटु माइतीघर मण्डलामा आएर अहिले सरकारले बृद्वि गरेको फि फिर्ता गर्नुपर्ने मागको नारा लगाउदै मण्डला अगाडि उपस्थित भएर बिरोध जनाएका थिए ।



