शेयर बजार आज दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २८ दशमलव ५९ अंकले घटेर दुई हजार ७७ दशमलव ५८ विन्दुमा झरेको हो । बजार निरन्तर घट्न थालेपछि कारोबार रकममा पनि निकै कमी आएको छ । आज ६० लाख १५ हजार कित्ता शेयर एक अर्ब ९२ करोड ४४ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीको आठ करोड ७४ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको छ । आज होटल र टुरिजम, वित्त, विकास बैंक तथा जलविद्युत् क्षेत्रका लगानीकर्ताले धेरै गुमाएका छन् ।

सबैभन्दा धेरै किसान लघुवित्तको शेयर साढे छ प्रतिशत र हिमालयन लघुवित्तको शेयर साढे पाँच प्रतिशतले घटेको छ । सुपर मादी हाइड्रोपावर कम्पनीको शेयर साढे चार प्रतिशतले बढेको छ । आज १७ कम्पनीको मूल्य बढेको छ भने एक सय ९६ को मूल्य भने घटेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय