साताको पहिलो दिन शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार ३३ दशमलव २० अंकले घटेर एक हजार नौ सय ७१ दशमलव १० विन्दुमा झरेको हो । आज ६७ लाख २३ हजार कित्ता शेयर एक अर्ब ८३ करोड चार लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सिटिजन लाइफ इन्सुरेन्सको १४ करोड ७३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
कारोबार रकमका आधार एनआईसी एसिया बैंक, सन नेपाल लाइफ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र शिवम् सिमेन्ट क्रमशः अगाडि रहेका छन । आज सबै समूहको शेयर घटेकोमा जलविद्युत्, होटल, बीमा र माइक्रोफाइनान्स समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । आज २ सय २० वटा कम्पनीको शेयर मूल्य घटेको छ । १० कम्पनी मूल्य बढेको छ भने २ वटाको स्थिर रहेको छ ।



आईतबार सबैभन्दा धेरै सनराइज फर्स्ट म्युचल फन्ड, अपर हेवाखोला जलविद्युत्, एसिएन हाइड्रोपावर, मेन्छियाम हाइड्रोपावर, मनकामना इन्जिनियरिङ र सिटिजन लाइफ इन्सुरेन्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । बजार घटेको भएपनिसयपत्री हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।



