शेयर बजार आज दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से आज १० दशमलब १४ अंकले बढेर २ हजार ४१ दशमलब ७० विन्दुमा पुगेको हो । कारोबार रकम भने सोमबारको भन्दा केही घटेको छ । आज २ अर्ब ३५ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको ९ करोड ३१ लाखको सेयर किनबेच भएको छ ।
यस्तै सोनापुर मिनरल्सको ८ करोड ५७ लाखको सेयर कारोबार भएको छ । दोल्ती पावर कम्पनी र सर्वोत्तम सिमेन्टका सेयर बढेर पोजेटिभ सर्किट लागेको छ । वीन नेपाल लघुवित्तको शेयर मुख्य पनि बढेको छ । आज धौलागिरी लघुवित्त, भगवती हाइड्रोपावर, कुमारी धनवृद्धि योजना, लक्ष्मी भ्यालु फण्ड–२, मानुषी लघुवित्त लगायतको शेयर मूल्य घटेको छ । आज १ सय ६८ कम्पनीका सेयर मूल्य बढेको छ भने ६८ कम्पनीको घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।






