शेयर बजार आजपनि दोहोरो अंकले ओरालो लागेको छ । मंगलबार ३२ अंकले घटेको शेयर बजार परिसूचक नेप्से आज २० दशमलव ३१ अंकले घटेर दुई हजार २५ दशमलव १२ विन्दुमा रोकिएको हो । आज ४८ लाख ३८ हजार कित्ता शेयर एक अर्ब ६७ करोड ९९ लाख रुपैयाँमा कारोबार भएका छन् ।
सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको आठ करोड ४१ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज सबै समूहको शेयर घटेकोमा बीमा, व्यापार, उत्पादन र जलविद्युत् समूहको शेयर उच्च अंकले ओरालो लागेका छन । सबैभन्दा धेरै माउन्टेन हाइड्रो नेपाल र श्वेत गङ्गा हाइड्रोपावर कम्पनीको शेयर आठ प्रतिशतले घटेको छ । बजार ओरालो लागेको दिन बलेफी हाइड्रो र सनराइज फोकस्ड इक्युटी फन्डको शेयर चार प्रतिशतले बढेको छ । आज कुल ३४ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ८५ कम्पनीको सेयर मूल्य घटेको छ ।



https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



