शेयर बजार नेप्से परिसूचक आज दोहोरो अंकले घटेको छ । हिजो दोहोरो अंकले बढेको नेप्से परिसूचक आज १० दशमलब ८३ अंकले घटेर २ हजार ३०.८६ विन्दुमा झरेको हो । आज ३ सय १० कम्पनीका ६० लाख ४७ हजार २१ कित्ता शेयर २ अर्ब २३ करोड ५४ करोड ८५ लाख ५ सय ३४ रुपैयाँमा खरिद बिक्री भएका छन ।

आज सर्वाेत्तम सिमेन्टको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.६६ प्रतिशतले घटेको छ ।आज ‘क’ वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स २ दशमलव १७ अंकले घटेर ३५९ दशमलव ४६ विन्दुमा पुगेको छ । हाइड्रोपावर कम्पनीहरूमा लगानीकर्ताहरू झुम्मिएका छन् भने सबैभन्दा कम कारोबार कर्पोरेट डिभेन्चरको रहेको जनाइएको छ । आज कारोबारमा आएकामध्ये ५१ कम्पनीको सेयरमूल्य बढ्दा १ सय ८८ कम्पनीको घटेको छ । बाँकी ६ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय