झापा । झापामा खुकुरी प्रहार गरी श्रीमानले श्रीमतीको ज्यान लिएका छन् । शिवसताक्षी नगरपालिका –८ स्थित निपत्रियाका ४७ वर्षीय ओमप्रसाद अधिकारीले श्रीमती रञ्जना गौतम अधिकारीको धारिलो हतियारले हानी ज्यान लिएका हुन् ।

घाटीमा धारिलो हतियार प्रहार गर्दा रञ्जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । श्रीमान्–श्रीमतीबीचको घरायसी विवाद बढेपछि घटनाले ज्यान लिनेसम्मको परिस्थिति बनेको डीएसपी कृष्णकुमार चन्दले बताउनु भयो ।

प्रहरीले ओमप्रकाशलाई नियन्त्रणमा लिई थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय