संकटा क्लवले जारी एन्फा यु–१६ युथ लिग फुटबलमा मंगलवार विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफको पोस्टमा सात गोल प्रहार गरेको छ । ललितपुरस्थित एन्फा कम्प्लेक्समा आज संकटाले एपिएफमाथि ७–१ को जित निकालेको हो ।
कृष्णबहादुर आलेको ह्याट्रिक प्रेरणामा संकटाले विभागीय टोलीमाथि सहज जित निकाल्न सफल भयो । जितसँगै संकटा ९ खेलबाट १९ अंक बटुल्दै शिर्ष स्थानमा उक्लिएको छ । संकटाभन्दा एक खेल कम खेलेको मच्छिन्द्र क्लव १७ अंकसहित दोस्रो स्थानमा छ । आठौं खेलमा चौथो हार बेहोरेको एपिएफ ११ अंकसहित पाँचौं स्थानमा छ ।






