काठमाडौं । सभामुख देवराज घिमिरेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रमाणित गर्नुभएको छ । विधेयक संघीय संसद्का दुवै सदनबट पारित भइसकेको छ ।
गत साउन ३० मा प्रतिनिधि सभाबाट पारित भएको विधेयक यही भदौ ६ गते राष्ट्रिय सभाले पारित गरेको थियो । सभामुखले प्रमाणित गरेको यो विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइनेछ ।



राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनी मान्यता पाउने छ ।



