काठमाडौं । संघीय संसद्को दुबै सदनको बैठक आज बस्दैछ । प्रतिनिधि सभा बैठक बिहान ११ बजे बस्ने छ भने राष्ट्रिय सभाको बैठक १२ बजेर ९ मिनेटमा बस्नेछ । प्रतिनिधि सभाको आजको बैठकमा सभामुखले कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गर्ने कार्यसूची छ । यसैगरी परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले ‘बिमस्टेक बडापत्र’ प्रस्तुत गर्नेलगायत सम्भावित कार्यसूची छ ।
साथै प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यव्यवस्था समितिको प्रतिवेदनसहितको ‘राष्ट्रिय सभामा उत्पत्ति भएको अनुगमन तथा मूल्यांकन विधेयक, २०७८ माथि छलफल गरियोस्’ भनि प्रस्ताव प्रस्तुत गर्नु हुनेछ । बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘भन्सार विधेयक, २०८० प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।






