काठमाडौं । संघीय संसद् सेवा दिवस २०८० को अवसरमा आज (२६ मंसिर) काठमाडौँमा फुटसल प्रतियोगिता सम्पन्न भएको छ ।

काठमाडौँको भृकुटीमण्डपस्थित फनकपार्कमा रहेको गोल्ज फुटसल मैदानमा खेल आयोेजना भएको हो । प्रतियोगितामा प्रतिनिधि सभाका सदस्यले ४–० को जित निकालेका छन् । खेलमा नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले सर्वाधिक २ गोल गरे, त्यस्तै, नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद विश्वप्रकाश शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले १/१ गोल गरे ।

संघीय संसद् अन्तर्गतका प्रतिनिधि सभा र राष्ट्रिय सभाबीचको मैत्रीपूर्ण फुटसल खेलको नेतृत्व प्रतिनिधि सभाको तर्फबाट सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाको तर्फबाट अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय