सुनसरी – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले संविधान प्रदत्त अधिकार केन्द्रले हस्तान्तरण नगरे संघर्षमा उत्रिने बताएका छन् । सुनसरीको भोक्राहा नर्सिंहमा निर्माण गरिएको ४०० कभिएको विद्युत प्राधिकरणको सबस्टेशन उद्घाटन समारोहमा मुख्यमन्त्री कार्कीले प्रदेशलाई संविधानले दिएको अधिकार चाँडो हस्तान्तरण गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेका हुन् ।

‘संविधानमा पाएको अधिकार हस्तान्तरण गरी तीनै तहको सरकारलाई सहकार्यका साथ काम गर्ने वातावरण बनाइदिन प्रधानमन्त्री ज्यूलाई आग्रह छ, उनले भने, ‘अधिकार हस्तान्तरण नगरिदिए सदन र सडकबाट संघर्ष गर्छु ।’ विद्युतकै कुरा गर्दा संविधानले तोकेको २५ मेगावाट सम्मको विद्युत प्रदेशले नै उत्पादन गर्न सक्ने र लाइसेन्स दिन सक्ने अधिकार छ त्यो हामीले पाउनु पर्ने छ । उनले भने, ’त्यसका लागि संघीय सरकार र संघीय संसदसंग सहकार्य संघर्ष दुबै गर्नु पर्ने छ ।’

सबस्टेसन उद्घाटन पछि कोशी प्रदेशमा रहेका उधोग तथा व्यबसायीको उत्पादनमा ढुक्क हुने अवस्था आएको मुख्यमन्त्री कार्कीले बताए । निजि क्षेत्रलाइ उत्पादनमा अग्र स्थानमा राख्न सकिएमा विकासको गति बढ्ने बताउँदै कोशी सरकारले निजि क्षेत्रलाइ सहकार्यमात्रै नभई अभिन्न अङको रुपमा लिएको मुख्यमन्त्री कार्कीले बताए । ’निजी क्षेत्रलाइ सरकारको अभिन्न अंगको रुपमा लियो भने मात्र दिगो बिकास सम्भव छ ।

’ उनले भने शिक्षा स्वास्थ्य तथा उत्पादका हिसाबले सरकार पनि अघि बढ्नुपर्छ भनेर हामीले पनि सुरुवात गरिसकेका छौं । ’नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानिमा निर्नाण भएको सबस्टेसनको प्रधानमन्त्री पुस्पकमल दहाल प्रचण्डले गरेका हुन । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको सभापतित्वमा भएको कार्यक्रममा उर्जा जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बहादुर बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय