काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संवैधानिक निकायका सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने सुझाव दिनुभएको छ ।

बालुवाटारमा आज भएको प्रमुख तीन शीर्ष नेताहरूबीचको राजनीतिक भेटमा दाहालले रिक्त रहेको संवैधानिक निकायमा जतिसक्दो चाँडो पदपूर्ति गर्नुपर्ने बताउनु भएको हो । उहाँले

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बीच भएको छलफलमा दाहालले सम्भव हुन्छ भने भोलि नै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने, नभए पुनः अर्को सहमति गरेर चाँडै सबै रिक्त पदमा सिफारिस गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय