काठमाडौं । प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न संवैधानिक परिषद्को बैठक आज बस्ने भएको छ । बैठक अपरान्ह चार बजे बस्ने तय भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आइतबार भएको छलफलमा परिषद् बैठक बोलाउने सहमति भएको हो ।
प्रधानमन्त्रीसहित सभामुख, राष्ट्रिय सभा अध्यक्ष, उपसभामुख, प्रमुख प्रतिपक्षी दलका नेता र कानुनमन्त्रीको उपस्थितिमा संवैधानिक परिषद्ले गत वैशाख २५ गते हरिकृष्ण कार्कीलाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।



संसदीय सुनाइ सकिएपछि उहाँले गत असार २ गते प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्नुभएको थियो । प्रधानन्यायाधीश कार्कीले साउन २० गते अवकाश लिँदै हुनुहुन्छ ।



