काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा भएको अवरोधको अन्त्य चाँडै समाधान हुने बताउनु भएको छ ।

विराटनगरमा पत्रकारसँग कुरागर्दै प्रधानमन्त्रीले संसदमा भएको अवरोधको समाधान राजनीतिक संवादबाटै समाधान हुने भएकोले राजनीतिक तहबाटै संवाद थालिएको जानकारी गराउनु भयो । उहाँले प्रतिपक्ष दलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्नेभन्दा पनि गठबन्धन फेरिएसँगै राजनीतिक मुद्दा बनाइएको उल्लेख गर्नुभयो । प्रधानमन्त्रीले सहकारीसँग सम्बन्धित समग्र विषयको अलगै र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछानेको विषय अलगै अध्ययन गरेर समस्या समाधान गर्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय