काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरूसँग छलफल गर्दै हुनुहुन्छ । शुक्रबार बस्ने भनिएको बैठक प्रधानमन्त्रीको व्यस्ताका कारण बैठक बस्न सकेन ।
नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने भन्दै संसद अवरुद्ध गर्दै आएको छ । संसदको गतिरोध हटाउनको लागि प्रधानमन्त्रीले कांग्रेससँग मध्यमार्गी उपाय खोजीको प्रयास गर्दै हुनुहुन्छ ।






