काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले बयान लिने क्रम जारी राखेको छ । समितिको ११ बजे बस्ने बैठकमा जेलमा रहेका दुई सहकारी संचालकसँग बयान लिने छ ।

सूर्यदर्शन सहकारीका कोषाध्यक्ष कुमार रम्तेल र स्वर्णलक्ष्मी सहकारीका संचालक भविश्वर अर्यालसँग बयान लिन लागिएको हो । उनीहरु दुबैजना पोखराको जेलमा छन् । उनीहरुलाई जेलबाट ल्याएर समितिको बैठकमा उपस्थित गराउने छ । सूर्यदर्शन सहकारीको रकम हिनामिनामा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पनि मुछिएका छन् ।

समितिले सोमबार सुमेरु सहकारीका शेयर सदस्य राजबहादुर सिंह, कान्तिपुर सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल आइडल नमूना सहकारीका अध्यक्ष केबी उप्रेती र सिभिल सहकारीका अध्यक्ष इच्छाराज तामाङसँग बयान लिएको थियो ।

समितिले जेलमा रहेका शिवशिखर बहुउद्देश्यीय संस्थाका पूर्वअध्यक्ष केदार शर्मा र उनकी श्रीमती गीता शर्मा, पशुपति बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तथा कान्तिपुर सेभिङ एण्ड कोअपरेटिभका पूर्वअध्यक्ष सीबी लामा र लालिगुराँस सहकारीका सचिव तथा प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको बयान लिइसकेको छ ।

यस्तै, नागरिक विकास सहकारी संस्थाका अध्यक्ष नुनम सुब्बाको पनि समितिले बयान लिइएको छ । समितिले भदौ २ गतेसम्म निरन्तर बयान लिने र छलफल गर्ने कार्यक्रम गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय