भारतको संसद् भवन परिसरमा सत्तापक्ष र प्रतिपक्ष सांसदबीच कुटाकुट भएको छ । कुटाकुटमा सत्तारुढ भाजपाका सांसदहरु प्रतापचन्द्र सारङ्गी र मुकेश राजपुत घाइते भएका छन् । उनीहरु दुवैजनाको टाउकोमा चोट लागेको र सांसद राजपुत अस्पताल पुर्याईंदा बेहोस रहेको बताइएको छ । घाइते सांसदहरुको दिल्लीको राममनोहर लोहिया अस्पतालको आईसीयूमा उपचार भैरहेको छ । सांसद सारङ्गीले विपक्षी नेताहरूको धकेलाधकेलमा सांसदहरू आफूमाथि लडेको र यसबाट आफ्नो टाउकोमा चोट लागेको बताए ।
कांग्रेस नेता राहुल गान्धीले संसद्मा प्रवेश गर्ने क्रममा एक जना सांसदलाई धक्का दिएको उनको आरोप छ । गृहमन्त्री अमित शाहले बाबासाहेब अम्बेडकरविरुद्ध गरेको अपमानजनक टिप्पणीका विषयमा विवाद चर्किँदा झडप भएको बताए । कांग्रेस नेता राहुलले भाजपा सांसदहरूले आफुलाई संसद्मा प्रवेश गर्नबाट रोकेको र धकेलेको जिकिर गरेका छन् । भाजपाले गान्धी र अन्य सांसदहरूविरुद्ध सांसदहरूविरुद्ध शारीरिक हिंसाको आरोप लगाउँदै मुद्दा दर्ता गरेको छ ।






