काठमाडौं । सभामुख देवराज घिमिरेले संसद अवरोध खुलाउन कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ ।
सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख विपक्षी दलका नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आज विहान टेलिफोन वार्ता गर्नुभएको थियो । घिमिरेले सदन अवरोध निरन्तर हुँदा जनताको आवाज अवरुद्ध हुने भएकाले गम्भीर हुन दुबै जनालाई ध्यानाकर्षण गराएका थिए । उहाँले सूचना टाँस गरेर सदन स्थगित गर्दा संसदीय अभ्यासमा गलत नजिर बस्ने समेत उल्लेख गर्नुभयो ।
सभामुखले सदन अवरोध हटाउने विषयमा सोमबार प्रधानमन्त्री दाहाल, विपक्षी दलका नेता ओली, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गर्नुभएको थियो ।
कार्यव्यवस्था परामर्श समितिको बैठक दिउँसो १२ बजे नयाँ बानेश्वरमा बस्दैछ ।






