काठमाडौं । प्रतिनिधि सभा बैठक बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ ।
बैठकमा स्वास्थ्य तथा जनसंख्या र कृषि तथा पशुपन्छी विकासमन्त्रीले सांसदका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।



यस्तै सभामुख देवराज घिमिरेले राष्ट्रिय सभामा उत्पत्ति भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव निणर्यार्थ प्रस्तुत गर्नुहुनेछ ।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको विधायन सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन्।
सांसद तोसिमा कार्कीले ‘विपद् व्यवस्थापनमा पुनरवलोकन, बृहत् गुरुयोजना निर्माण तथा स्वास्थ्य संकट पूर्व तयारी सम्बन्धमा छलफल गर्न आवश्यक भएकाले’ भन्ने विषयको जरुरी सावर्जनिक महत्वको प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।



