काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद सुचारु गराउन कांग्रेससहितका प्रतिपक्ष दलहसँग छलफल गरेर अघि बढ्ने बताउनु भएको छ । सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा बैशाख २८ गतेबाट सुरु हुने वर्षे अधिवेशन संचालन गराउनको लागि कांग्रेसलगायतका प्रतिपक्ष दलसँग छलफल गर्ने निर्णय भएको हो ।

कांग्रेसले सहकारीको रकम अपचलन गरेको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति बनाउनुपर्ने अडानसहित संसद्को हिउँदे अधिवेशन कांग्रेसले अवरुद्ध पार्दै आएको छ ।

प्रधानमन्त्रीले उत्पादन बृद्धि र रोजगारीको अवसर सृजना हुने गरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा सुझाव दिन पार्टीका सांसदलाई निर्देशन दिनुभयो ।

उहाँले सांसदहरुले राजश्व चुहावट हुन नदिन र प्राकृतिक स्रोत, साधनको उचित परिचालन गरी राष्ट्रिय आय वृद्धि हुने गरी नीति, कार्यक्रम र बजेट ल्याउन सरकारलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय