काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने भनिएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा सत्तापक्ष दल र प्रतिपक्षी दलबीच सहमति हुन नसकेपछि संसद सञ्चालनको प्रक्रिया प्रभावित भएको हो ।

बैठक सञ्चालनका लागि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसँगको छलफलमा सहमति नजुटेपछि सत्तापक्षका प्रमुख सचेतकको आग्रहमा प्रतिनिधि सभाको अर्को बैठक साउन २२ गते सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित गर्नुभएको हो । विशेष कारण प्रतिनिधि सभाको बैठक बस्ने समय परिवर्तन गरिएको संघीय संसदका महासचिव डा. भरतराज गौतमद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

साउन दुई गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट भित्रिएको एक क्वीन्टलभन्दा बढी तस्करी प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउनु पर्ने प्रमुख प्रतिपक्षी दल एमालेले माग गर्दै आएको छ । एमालेले सोही प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीमाथि प्रश्न उठाउँदै साउन १० गतेको प्रतिनिधिसभा बैठक पनि अवरोध गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय