काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको गठबन्धन सहज ढंगले अघि बढ्ने वातावरण नभएको बताउनु भएको छ ।
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहालको नेतृत्वको सरकारमा आफूहरुलाई असहज भई रहेको उल्लेख गर्नुभयो । उहाँले कार्यक्रममा वर्गीय शत्रु र मित्र छुट्याएर मात्र अगाडी बढ्नु पर्ने बताउनु भयो ।



उहाँ भन्नुहुन्छ, नेपालको राजनीति हामीले सहज ठाने पनि जटिल अवस्थाबाट गुज्रिरहेकोले अहिलेको सत्ता समीकरण कति दिन टिक्छ, कति खेर फुट्छ भन्नै नसकिने बताउनु भयो । उहाँले कम्युनिष्ट आन्दोलन लोकतन्त्रको संवाहक भएकोले कसैका धाकधम्की, गाली गलौच सुन्न हामी राजनीतिमा नलागेको स्पष्ट पार्नुभयो । नेपालले कम्युनिष्ट नेताहरु सुविधामुखी भएको भन्दै असन्तुष्ट व्यक्त गर्नुभयो ।



