काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतबीच भेटवार्ता भएको छ । अध्यक्ष राउत प्रधानमन्त्रीलाई भेट्न बालुवाटर पुग्नुभएको हो ।
राउतले आफ्नो पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने बताउनु भएको थियो । प्रधानमन्त्री दाहालले अन्य मागको पनि सम्बोधन गर्ने र रोजेको मन्त्रालय पनि दिने बताउनुभएको उहाँको सचिवालयले जनाएको छ । जनमत पार्टीले पहिले देखि नै उद्योग मन्त्रालयको दाबी गर्दै आएको थियो । तर, यदि राउतले उद्योग मन्त्रालय नै रोजेमा दाहालले दिने सम्भव देखिदैन । किनकी अहिले भागमा उद्योग मन्त्रालय नेपाली कांग्रेसको परेको छ ।



यसअघि जनमत पार्टीले भौतिक पूर्वाधार मन्त्रालय नपाएपछि खानेपानी मन्त्री अब्दुल खानलाई सरकारबाट फिर्ता बोलाइएको थियो । त्यसअघि उद्योग मन्त्रालय पाउनुपर्ने अडान थियो ।



