बलात्कार मुद्दामा सजाय तोकिएका क्रिकेटर सन्दीप लामिछानेका विषयमा नेपाल क्रिकेट संघले निर्णय गर्ने भएको छ । संघले सन्दीपलाई राष्ट्रिय टिमबाट अलग गर्ने तयारी गरेको हो । त्यसपछि उनले संघलाई पत्र लेख्दै अब राष्ट्रिय टिमबाट खेल्न नसक्ने बताएका छन् । उनले आफू राष्ट्रिय टिमबाट अलग भएको घोषणा गरेका छन् ।

बलात्कार मुद्दामा दोषी ठहर भएपछि राष्ट्रिय टिमका लेग स्पिनर लामिछानेले नेपाल क्रिकेट संघ ‘क्यान’ लाई पत्र लेख्दै आफू न्याय नपाएसम्म राष्ट्रिय टिमबाट अलग भएको जानकारी गराएका हुन । उनले अध्यक्ष चतुरबहादुर चन्द र सचिव पारस खड्कालाई सम्बोधन गर्दै निर्दोष रहेको जिकिर गर्दै अब न्याय नपाउँदासम्म राष्ट्रिय टिमबाट अलग रहेको दाबी गरेका हुन ।

आर्थिक रुपम समेत आफू कमजोर अवस्थामा रहेको भन्दै आफ्नो भुक्तानी समेत गर्दिनका लागि उनको अनुरोध छ । बलात्कार सम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंले सन्दीपलाई आठ वर्षको जेल सजायँ हुने निर्णय बुधबार सुनाएको थियो । लामिछानेलाई ३ लाख जरिवाना र २ लाख क्षतिपुर्ति भराउन आदेश अदालतको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय