काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेबाट बलात्कृत किशोरीको नाम, थर र तस्बिर सार्वजनिक भएकोबारे प्रहरीको साइबर ब्यूरोले अनुसन्धान सुरु गरेको छ । तस्बीर सार्वजनिकबारे उजुरी आएपछि अनुसन्धान थालिएको ब्यूरोले जनाएको छ ।

बलात्कार कसुरमा काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ८ वर्ष कैद, ३ लाख जरिवाना र २ लाख क्षतिपूर्ति भराउन सजाय तोकेसँगै पीडित किशोरीको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको छ । कानूनअनुसार बलात्कार पीडितको पहिचान र तस्बिर सार्वजनिक गर्न पाइँदैन । तर, सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले बलात्कृत किशोरी भन्दै तस्बिर, नाम र ठेगाना सार्वजनिक गरेका हुन् । त्यसरी तस्बिर र नामथर सार्वजनिक गर्नेलाई गोपनियतासम्बन्धी कसुरमा कारबाही हुने व्यवस्था छ ।

नगरकोट घुमाएर फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको होटेलमा आफूलाई बलात्कार गरेको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएकी थिइन् । प्रहरी वृत्त गौशालाले मुद्दा दर्ता गर्दा पीडितको परिवर्तित नाम गौशाला–२६ उल्लेख गरेको थियो । यसैबीच, गौशाला–२६ को तस्बिर बाहिर ल्याएको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना एक कार्यकर्तालाई कारबाही गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय