सन् २०२३ अहिलेसम्मकै तातो वर्ष बनेको पुष्टि भएको छ । सन् १९४० जनवरीदेखिको तथ्याङ्क विश्लेषणबाट सन् २०२३ अहिलेसम्मकै तातो वर्षको रूपमा पुष्टि भएको युरोपियन युनियन ईयूको जलवायु सेवालाई उद्धृत गर्दै अन्र्तारष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन ।

विशेषगरी खनिज इन्धनको प्रयोग बढेको सन् १९४० देखि सन् २०२३ सम्मको औसत तापक्रम भन्दा सन् २०२३ को औसत तापक्रम एक दशमलव ४८ डिग्री सेल्सियसले बढेको देखिएको छ । गएको जुलाईपछिका हरेक दिनजसो विश्वव्यापी उच्च तापक्रमको रेकर्ड बन्ने गरेको देखिएको छ ।

त्यसअघि सन् १८५० देखिको औसत तापक्रम भन्दा सन् १९४० को औसत तापक्रम एक दशमलव ४३ डिग्री सेल्सियसले बढेको थियो । सन् २०२३ को अक्टोबरमा पृथ्वीको तापक्रम अस्वाभाविक रूपमा बढेको देखिएको ईयूको प्रतिवेदनमा उल्लेख छ । खनिज इन्धनको प्रयोग तथा औद्योगिकीकरण लगायतका कारण कार्बनडाइअक्साइड लगायतका ग्यास हावामा धेरै छोडिँदा तापक्रम बढिरहेको विज्ञहरूले बताएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय