सन् २०३४ मा हुने फिफा विश्वकप फुटबलको आयोजना एसियाली राष्ट्र साउदी अरबले गर्ने भएको छ।अष्ट्रेलियापछि हटेपछि साउदी अरबले प्रतियोगिता आयोजना गर्ने पक्का भएको हो।
गत वर्षमात्र एसियाली राष्ट्रका रूपमा कतारले विश्वकप आयोजना गरेको थियो। आगामी विश्वकप सन् २०२६ मा क्यानडा, मेक्सिको र अमेरिकाले आयोजना गर्दैछन् । मोरक्को, पोर्चुगल र स्पेनले सन् २०३० को विश्वकप आयोजना गर्नेछन्। त्यसपछिको विश्वकप साउदी अरबले आयोजना गर्ने छ। विश्वकप हरेक चार वर्षमा आयोजना हुन्छ।






