काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सपनतीर्थमा पूजा अर्चना गरेका छन् ।
राष्ट्रपतिले टोखा नगरपालिकास्थित सपनतीर्थमा प्रथम महिला सविता पौडेलसहित पूजार्चना गरेका हुन् । बैशाख १ गतेबाट सपनतीर्थमा स्नान मेला पनि सुरु भएको छ । यहाँ स्नान गर्न काठमाडौं उपत्यकासहित देशका विभिन्न भागबाट भक्तजन आएका छन् । सपनतीर्थमा स्नान गरेपछि कुष्ठरोग निको हुने जनविश्वास छ । सपनतीर्थमा मेलासँगै टोखामा विस्का नखः (जात्रा) पनि सुरु भएको छ ।



जात्रा वैशाख ४ गतेसम्म सञ्चालन हुनेछ ।



