सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी उपमेयर मीराकुमारी यादव र उनका पति महेन्द्रकुमार यादव विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उच्च अदालत जनकपुर, राजविराज इजलासको परमादेशपछि गत आइतवार जिल्ला प्रहरी कार्यालयमा दुवै जना विरुद्ध नागरिकता सम्बन्धि कसूरमा मुद्दा दर्ता भएको थियो ।

दुवै जना विरुद्ध आज पक्राउ पुर्जी जारी भएको सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए । ‘उहाँहरु विरुद्ध पक्राउ पुर्जी जारी भएसँगै नियन्त्रणमा लिनका लागि प्रहरी खटाइसकेका छौं’ उनले भने ।

कृष्णले गत साउनको दोस्रो साता जिल्ला प्रशासन कार्यालयमा प्रमाणसहित उपमेयर मीरा र उनका पति महेन्द्र भारतको बिहार राज्य अन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौल निवासी रहेको उजुरी दिएका थिए ।

उजुरीअनुसार विधानसभा निर्वाचन क्षेत्र विहार निर्वाचक नामावली भाग सं५१ अनुसार श्रीमान् श्रीमति दुवै भारतीय मुलका स्थायी नागरिक रहेता पनि झुठो विवरणको आधारमा नेपाली नागरिकता लिएका छन् । ‘नेपाल देशमा मीरा, महेन्द्र र यी दुवैका छोरा इन्द्रजीतले साविकको सप्तरीको औरही गाविस वडा नम्बर–३ (हाल डाक्नेश्वरी नगरपालिका ६) बाट झुठो विवरणको आधारमा नागरिकता प्रमाण पत्र लिई मिरा सार्वजनिक पद धारण गरी न्याय जस्तो संवेदनशिल न्यायिक समितिको संयोजक पदमा बसी पदिय दायित्व दुरुपयोग गरिरहेकी छन्’, उजुरीमा उल्लेख छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय