सप्तरीको राजविराज नगरपालिका–९ मलेठस्थित एक गोदामबाट बरामद भएको २४ क्विन्टल गाँजा सप्तरी प्रहरीले आज शुक्रबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरेका छन् । गत सोमबार प्रमुख जिल्ला अधिकारी भोला दाहालको नेतृत्वमा पुगेको रुपनी–राजविराज सडक खण्डसँगै जोडिएको उक्त गोदामबाट २४ क्विन्टल १९।५ किलो गाँजा, स्याउसहितका अबैध समान बरामद गरेको थियो । गोदाम परिसरमा एउटा ट्रकबाट अर्को ट्रकमा लोड गरिरहेको स्याउ, कपडा, सुर्ती तथा हार्डवेयरका झन्डै ३२ लाख बराबरको सरसमान र ६० लाख बराबरको सवारीसाधन आवश्यक कारबाहीकोलागि राजविराज भंसारको जिम्मा लगाएको प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए । प्रहरी उपरीक्षक खतिवडाका अनुसार उक्त गोदामका धनी राजनारायण साह र गोदाममा फेला परेको निशुल्क लेखिएको स्यानेटरी प्याडको विषयमा थप अनुसन्धान भईरहेको छ ।

यता बरामद भएको उक्त गाँजा रोशन यादव भन्ने ब्यक्तिको रहेको र उनले तस्करी गर्न गोदाममा राखेको जस्ता विषयको अनुसान्धान र ब्यक्तिको खोजी भईरहेको प्रहरी उपरीक्षक खतिवडाले पत्रकार सम्मेलनमा जानकारी दिए ।यसैबीच गाँजासहित गोदामबाट पक्राउ परेका भारत बिहारको मधुबनी जिल्ला कुकुरदौरा ग्रामपञ्चायत १० छातापुर टोलका ६६ वर्षिय रामनारायण यादवलाई समेत पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय