काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संघर्ष गर्ने चेतावनी दिनुभएको छ । प्रेस युनियन नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थापाले सभापति देउवाले पार्टीको आधारभूत मान्यताविपरीत रेशम चौधरीलाई आममाफी दिने, नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नेलगायतका काम गरेको आरोप लगाउँदै त्यस्ता गतिविधिविरुद्ध संघर्ष गर्ने चेतावनी दिनुभएको हो ।

महामन्त्री थापाले सभापति देउवाले सरकारलाई दिएका त्यस्ता सहमति आफूलाई कुनै हालतमा मान्य नहुने र सभापति देउवाले गरेका गलत निर्णयको संघर्ष गरेर भएपनि रोक्नुपर्ने पार्टीका नेता, कार्यकर्तालाई आह्वान गर्नुभयो । उहाँले सभापतिको एकल निर्णय विगतमा मान्दै आएर आफुहरुले गल्ती गरेकोले अब कांग्रेसलाई बदल्नको लागि भएपनि त्यस्तो गल्ती दोहोर्याउन नहुने उल्लेख गर्नुभयो ।

पार्टी ‘दाइ’हरुको नभई तल्लो तहका कार्यकर्ताहरुको पार्टीमा रुपान्तरण हुनुपर्ने र त्यसको लागि आफूले देशव्यापी अभियान चलाउने पनि घोषणा गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय