काठमाडौं । समाजवादी मोर्चाको पहिलो बैठक आलोकनगरमा बसेको छ । नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा बसेको बैठमा चार दलका शीर्ष नेताहरु सहभागी छन् । पहिलो बैठक भएकाले कार्यविधि, भावी रणनीतिका विषयमा छलफल भएको छ ।
यसअघि नै समाजवादी मोर्चाको नेतृत्व शीर्ष नेताहरुबीच आलोपालो गर्ने सहमति भएको छ । मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी रहेका छन् ।



दीर्घकालमा पार्टी एकताकै लक्ष्य भएको र तत्कालका लागि मोर्चा बनाइएको नेताहरु बताउँछन् ।



