काठमाडौं । चार राजनीतिक दलले सम्मिलित समाजवादी मोर्चाले मकवानपुरको हेटौँडामा बागमती प्रदेश स्तरीय सन्देश सभा गर्दैछ ।
समाजवादी मोर्चाले सातै प्रदेशमा सन्देश सभाको कार्यक्रम गर्ने भएको छ । मोर्चाले सोहीअनुसार बागमती प्रदेशको हेटौँडामा सभा गर्न लागेको हो । समाजवादी मोर्चाले बागमती प्रदेश कमिटीको घोषणा समेत गर्ने छ ।



सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायतले सम्बोधन गर्नुहुने छ । गत असार ४ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले समाजवादी मोर्चा गठन गरेका थिए । कोशीको विराटनगरमा मोर्चाले भोलि सभा गर्दैछ ।



