काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको आज सय दिन पुरा भएको छ ।

सरकार गठनलगत्तै कांग्रेस र एमालेका नेताहरुले अब एक दिन पनि काम नगरी बस्ने छुट नभएको बताएका थिए । तर, सय दिन हुँदा समेत सरकारले कुनै पनि क्षेत्रमा उत्साह जनक काम गर्न सकेन ।

नागरिकमा देखिएको निराशा चिर्दै राजनीतिक स्थिरता कायम गर्ने, अर्थतन्त्रलाई चलायमान बनाउने र संविधान संशोधन गर्ने लक्ष्यसहित गत असार ३० गते सरकार गठन भएको थियो ।

ओली नेतृत्वमा आएसँगै केहीदिन सेयरबजारमा उत्साह थपिएको थियो । तर त्यो धेरै दिन टिक्न सकेन । सरकार गठनका बेला नेकपा एमाले र नेपाली कांग्रेसले राजनीतिक स्थायित्वका लागि संविधान संशोधनका लागि राष्ट्रिय सहमति निर्माण गर्ने सहमति जनाएपनि त्यो एक सयदिनदेखि अलपत्र छ ।

प्रधानमन्त्री ओलीले मन्त्रीहरु र मन्त्रीहरुले सचिवहरुसँग कार्यसम्पादन सम्झौता गरेपनि मन्त्री र सचिवहरुबाट कुनै कामको परिणाम आउनु सकेन ।

सरकारको एक सय दिन पुग्दै गर्दा बिचौलियाको सेवामा सरकार तल्लीन भएकोले सुशासनदेखि सेवा प्रवाहसम्म चुकेको विपक्षीको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय