काठमाडौं । नेकपा एमाले सरकारबाट बाहिरिने भएको छ । नयाँ सरकार बनाउने तयारीमा जुटेको एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिएको समर्थन आज फिर्ता लिने र मार्ग प्रशस्त गर्न पनि आग्रह गरेको छ ।
मंगलबार बसेको एमाले सचिवालय बैठकले प्रधानमन्त्रीलाई राजीनामा दिनका लागि आजसम्मको समय दिएको थियो । एमालेबाट सरकारमा उपप्रधानसहित रघुवीर महासेठको नेतृत्वमा आठ मन्त्री सहभागी छन् ।






